एनआरएनए यूकेबाट रोजीना समूहका सातै जना आइसीसीमा निर्विरोध

लण्डन । गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) बेलायबाट सातै जना आइसीसी सदस्य निर्विरोध चुनिएका छन्।
निर्वाचन समितिमा सोमबार साँझ ८ बजेभित्र दर्ता भएका ९ जनामध्ये दुई जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि सबै पदमा निर्विरोध चुनिएका हुन्।
निर्विरोध हुने सदस्यहरुमा दिने अधिकारी, महेश अधिकारी, कोश्लेश्वर ढकाल, भिमलाल भट्टराई, राजेन्द्र पुडासैनी र समिर खनाल छन्।
आइसीसी सदस्यहरु अर्क तिमल्सीना, केदार थपलीयाले सहमतिमा आफ्नो उम्मेदवारी फिर्ता लिएको बुझिएको छ।
उनीहरु सबै रोजीना प्रधान समूहबाट उम्मेदवार बनेको बताइएको छ । उनीहरुको उम्मेदवारी फिर्ता भएको औपचारिक घोषणा हुन भने बाँकी छ।
३१ जुलाइहुने निर्वाचनमा नेतृत्वको लागि रोजीना प्रधान राई, दिपक श्रेष्ठ, र प्रेम गाहामगरले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन समितिद्धारा प्रकाशित पूर्वतालिका बमोजिम भोलि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने भएको छ।