एनआरएनको भावी अध्यक्षको स्वभाविक उम्मेदवार म हुँः डा.बद्री केसी

एनआरएनको भावी अध्यक्षको स्वभाविक उम्मेदवार म हुँः डा.बद्री केसी फाइल फोटो

न्यूयोर्क। गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापनाकालदेखि सक्रिय डा. बद्री केसीले संघको आगामी नेतृत्वका लागि आफू स्वभाविक उम्मेदवार भएको बताएका छन्।

संघको वर्तमान कार्यसमितिमा उपाध्यक्ष पदमा रहेका डा. केसीले अमेरिका भ्रमणका क्रममा आफूले यसअघिका सबै अध्यक्षसँग मिलेर काम गरेको स्मरण गराउँदै संघलाई अझ उचाईमा पु¥याउन आफ्नो योगदान महत्वपूर्ण हुने बताएका हुन्।

संघको आगामी निर्वाचन तथा अन्य समसामयिक विषयमा केन्द्रीत हुँदै उनले न्यूर्योकबाट संञ्चालित नेपाली अनलाइन टेलिभिजन ‘सन्डे टिभी’ का प्रस्तोता किरण मरठ्ठासँग भने, ‘संस्था कुन दिशामा गइरहेको छ, त्यो मलाई राम्रोसँग थाहा छ। अब यसलाई कता लैजानुपर्छ भन्ने कुरामा म कन्फ्युज छैन।’

उनले आफू नेतृत्वमा निर्वाचित भएको खण्डमा संघले हालसम्म प्राप्त गरेको उपलब्धीलाई थप उचाईमा पु¥याउने दावी गरे। ‘यो गर्नलाई संस्थामा म भन्दा अर्काे अनुभवी व्यक्ति छैन जस्तो लाग्छ,’ उनले भने।

संघ अहिले सकारात्मक दिशामा अघि बढेको बताउँदै उनले यसको गति बढाउन जरुरी भएको बताए।

‘मैले जति वटा चुनाव लडेँ हारेको रेकर्ड छैन। यसैले अध्यक्षको उम्मेदवार स्वभाविक हो,’ उनले भने, ‘एनआरएनएमा मेरो संलग्नता स्थापनाकालदेखि नै हो। एनआरएनए जन्मीनु अगाडीदेखि नै म यसमा छु।’

उनले जात, धर्म र राजनीतिभन्दा माथि उठेर संसारभरि छरिएर रहेका नेपालीलाई एक सुत्रमा बाँध्न जसरी संस्था स्थापना भयो, यो भावनालाई आफूले नछोडेको अन्तर्वार्ताका क्रममा बताए।

‘म गर्वका साथ भन्छु–एनआरएनएको इतिहासमा यति लामोसमय निरन्तर काम गरेको व्यक्ति सायद म नै होला। सबैभन्दा पुरानो अभियन्ता भएको हुनाले नेतृत्वका लागि योग्य छु,’ उनले भने।

उनले आफू दलीय भागबण्डाभन्दा पनि संस्थाको हितमा विश्वास राख्ने अभियन्ता भएको बताए। ‘म कुनै पनि राजनैतिक दलको उम्मेदवार होइन र बन्दा पनि बन्दिन। यसअघिका निर्वाचनमा पनि कुनै राजनीतिक पाटीको साथ लिएर चुनाव लडेको थिइन। सबैको साझा उम्मेदवार थिए,’ डा. केसीले बताए।

भि‍डियो