एनआरएनए नेदरल्याण्ड्सको अधिवेशन नजिकिँदै जाँदा गठन गरिए समिति

एनआरएनए नेदरल्याण्ड्सको अधिवेशन नजिकिँदै जाँदा गठन गरिए समिति

नेदरल्याण्ड्स। एनआरएनए नेदरल्याण्ड्सको आगामी अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न समितिहरु गठन गरेको छ । आगामी कार्यकाल २०२१–२३ का लागि गैर आवाशिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् नेदरल्याण्ड्सको १२औँ बैठकले अधिवेशन सम्पन्न गर्नका लागि बिभिन्न समितीहरु गठन गरेको हो।

एनआरएन नेदरल्याण्ड्सका अध्यक्ष श्रीराम कंडेलको अध्यक्षतामा बसेको बैठकले बिशेषत निर्वाचन समितिलाई मध्यनजर गर्दै फणिन्द्र पन्तलाई निर्वाचन समितिको संयोजकमा चयन गरिएको छ । त्यसैगरि सदस्यहरुमा शालिक गौतम, उत्तम कंडेल, उदय नेपाली र विकाश शर्मा रहेका छन्।

भौतिक रुपमा अधिवेशन सम्पन्न गर्न कोभिड–१९ कारण अनुकुल अवस्था नदेखिएकाले सहमति र सहकार्य गर्दै विभिन्न संघसंस्था व्यक्ति तथा समुदायहरुसँग छलफल र समन्वय गर्ने उदेश्यले पूर्व अध्यक्षहरुसमेत रहनेगरी समन्वय र सहकार्य भूमिका खेल्न ठाकुर शर्माको संयोजकत्वमा बार्ता समिति गठन भएको छ । यसमा पूर्व अध्यक्षहरु शशी पौडेल, हरि पौडेल, नारायण आचार्य, कृष्णराज अधिकारी, हिमाल गुरुङ र बर्तमान अध्यक्ष श्रीराम कंडेल रहेका छन ।

त्यसैगरी बिधान संशोधन समितिमा धनकुमार बोहराको संयोजकत्वमा जितेन्द्र श्रेष्ठ र किरण आर्याल रहेका छन् । निर्वाचन प्रचारप्रसार समितिको संयोजकमा द्रोण रिजाल र सदस्यहरु शाबु पौडेल, ध्रुब न्यौपाने छन् । त्यस्तै ब्यवस्थापन समितिमा श्रीराम कंडेलको संयोजकत्वमा हिमाल ओझा, अच्युत कट्टेल, अशोक पराजुली, कुश बजगाई, वर्षा खड्का, हेमकुमार भुजेल, संघर्षशील केसी, खेमलाल सापकोटा, रेशम गुरुङ, ध्रुब न्यौपाने, श्रीधर पाण्डे र राम पोख्रेल सदस्य रहेका छन् ।

त्यसैगरी खानपिन ब्यबस्थापन उपसमितिमा मिम पुर्जा संयोजक र थानेश्वर कंडेल, खेमलाल सापकोटा सदस्य रहेका छन् भने अतिथि सत्कार उपसमितिमा राधा शर्मा कंडेल संयोजक र सीता सापकोटा, शाबी पौडेल सदस्य रहेका छन् ।