एनआरएनएको संशोधित विधान परराष्ट्र मन्त्रालयबाट स्वीकृत

एनआरएनएको संशोधित विधान परराष्ट्र मन्त्रालयबाट स्वीकृत

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को संशोधन विधान परराष्ट्र मन्त्रालयले स्वीकृत गरेको छ। विशेष महाधिवेशनले पारित गरेको संशोधित विधानलाई परराष्ट्र मन्त्रालयले प्रमाणिकरण गरेको उपाध्यक्ष डा. बद्रि केसीले  जानकारी दिए।

गत २३ र २४ जनवरीमा संघको विशेष महाधिवेशन सम्पन्न भएको थियो । महाधिवेशनले आर्थिक प्रतिवेदन पारित गर्नुका साथै विधान संशोधन पनि गरेको थियो।

विधान लागु हुने कानून र गणपुरक सँख्या साविक अनुसार (२०१७ को विधान वमोजिम) हुनेछ । अन्तर्राष्ट्रिय महाधिवेशन तथा साधरणसभा अनलाइनमार्फत गर्न भने परराष्ट्र मन्त्रालयलाई पूर्व जानकारी गराउनु पर्नेछ।

संशोधित विधान अनुसार गतिविधी गर्न राष्ट्रिय समन्वय परिषद्लाई निर्देशन गरिसकिएको महासचिव डा. हेमराज शर्माले जानकारी दिए।

संघको निर्वाचन प्रणालीलाई पारदर्शी र वैज्ञानिक बनाउनुपर्छ भनेर पटक–पटक विधान संशोधनको आवाज उठेको थियो । अहिले संशोधन गरेर ल्याइएको विधान वैज्ञानिक भएको महासचिव शर्माले बताए।