गैरआवासीय नेपाली संघका अध्यक्ष र संचार तथा सूचना प्रविधि मन्त्रीबीच भेटवार्ता

गैरआवासीय नेपाली संघका अध्यक्ष र संचार तथा सूचना प्रविधि मन्त्रीबीच भेटवार्ता

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त र संचार तथा सूचना प्रविधि मन्त्री तथा नेपाल सरकारका प्रवक्ता माननीय पार्वत गुरुङ्गबीच भेटवार्ता भएको छ ।

अध्यक्ष पन्त र मन्त्री गुरुङ्गबीचको भेटमा समसामयिक बिषयहरुमा छलफल भएको जनाएको छ। अध्यक्ष पन्तले संघका गतिविधिहरु बारे मन्त्री गुरुङ्गलाई अवगत गराउंदै नेपाल सरकारले संघ प्रति देखाएको सदासयताको लागि आभार प्रकट गरेका छन् ।

सो अवसरमा मन्त्री गुरुङ्गले संघले स्थापना गर्न लागेको ‘एनआरएनए डभलपमेन्ट लिमिटेड फन्ट’ को बारे जिज्ञास राख्दै आईटि सेक्टरमा लगानी गर्न सुझाव दिए । उनले नेपाल सरकारले भर्खरै प्रारम्भ गरेको नागरिक ऐप बारे जानकारी गराउंदै यसमा गैरआवासीय नेपालहरुलाई कसरी समायोजन गर्न सकिन्छ भन्ने तर्फ संघलाई बिचार गर्न अनुरोध गरेका छन् ।

उक्त भेटमा संघका उपाध्यक्ष डा। बद्री के।सी र सोनाम लामा, कोषाध्यक्ष महेश कुमार श्रेष्ठ र संघका कार्यकारी निर्देशकको सहभागिता रहेको थियो ।