विदेशमा रहेका नेपालीलाई खोप अभियानमा सहभागी बन्न एनआरएनएको अपिल

विदेशमा रहेका नेपालीलाई खोप अभियानमा सहभागी बन्न एनआरएनएको अपिल

लण्डन । गैरआवासीय नेपाली (संघ) एनआरएनएकले विदेशमा रहेका नेपालीलाई खोप अभियानमा सहभागी बन्न अपिल गरेको छ ।

स्वास्थ्य विशेषज्ञहरुले हाल प्रयोगमा आएका खोपहरु सुरक्षित रहेको बताएको संघ अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ । संघको स्वास्थ्य समितिमा आवद्ध चिकित्सकहरुका अनुसार लामो समयको अध्ययन र परिक्षण पश्चात खोपहरु प्रयोगमा ल्याइएकोले ति प्रयोगका लागि सुरक्षित मानिएको छ।

हाल कोरोनाको विभिन्न ४ नयाँ भेरियन्ट देखा परेको बताउँदै उनीहरुले अहिले प्रयोगमा ल्याइएका खोपहरु नयाँ भेरियन्टका लागि पनि प्रभावकारी हुने बताएकाे स्वास्थ समितिको भनाइ छ।

बेलायत, क्यालिफोर्निया, एसिया र दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखा परेको हो । प्रारम्भिक अनुसन्धान अनुसार नयाँ भेरियन्ट पूरानो भाइरसका तुलनामा बढी संक्रामक छन् । स्वास्थ्य समितिले नयाँ भेरियन्टविरुद्ध पनि खोप प्रयोग गर्न सकिने भन्दै खोप अभियानमा सहभागी हुन अपिल गरेको छ।

विभिन्न दीर्घ रोगको औषधी सेवन गरिरहेका व्यक्तिले पनि खोप लिन सक्ने समितिले जनाएको छ । तर, गर्भवती महिला, स्तनपान गराउने महिला र तुरुन्त गर्भवती हुन योजना बनाइरहेकाहरूलाई खोप नलगाउन भनिएको छ । यस्तै १८ वर्ष मुनिकालाई पनि खोप सिफारिस गरिएको छैन खोप लगाउनुपूर्व आफ्नो स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग सल्लाह गर्न समेत समितिले सुझाएको छ।