कोरोनाले विदेशमा थप ९ नेपालीको ज्यान लियो

कोरोनाले विदेशमा थप ९ नेपालीको ज्यान लियो

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा थप ९ जना नेपालीको ज्यान गएको छ । यो साता यूकेमा ४ जना, कुवेतमा ३ जना, पोर्चुगलमा १ जना र मलेसियामा १ जनाको  ज्यान गएको एनआरएनएका स्वास्थ्य समिति संयोजक डा. संजीव सापकोटाले  प्रवास खवरलाई जानकारी दिए ।

संयोजक सापकोटाका अनुसार यो सँगै विदेशमा कोरोना भाइरसबाट विदेशमा २० देशमा ३ सय २७ पुगेको छ।

उनका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५६ हजार २६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये ५३ हजार ४ सय ३२ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९५ प्रतिशत हो।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, पोर्चुगल, स्पेन, पोल्याण्ड, मलेसिया, जापानलगायत मध्यपूर्वमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ।



No ads found for this position