दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ सांकेतीक तस्वीर

काठमाडौं। दुबई पठाइदिन्छु भन्दै २ लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा तनहुँ बन्दिपुर नगरपालिका–५ घर भई काठमाडौं मैतीदेवी बस्ने ४५ वर्षीय विष्णु बहादुर भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ।

भण्डारीले १ जनालाई वैदेशिक रोजगारीका लागि दुबई पठाई प्रतिष्ठित कम्पनीमा मासिक ७० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–९ बतिसपुतलीबाट पक्राउ गरेको हो।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको जनाएको छ।