क्रिकेट टोलीलाई एनआरएनए हङकङको स्वागत

क्रिकेट टोलीलाई एनआरएनए हङकङको स्वागत

हङकङ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङले त्रिकोणात्मक सिरिज खेल्न आएको नेपाली क्रिकेट टोलीलाई स्वागत गरेको छ।

नेपाली टोली शुक्रबार बिहान हङकङ आइपुगेको थियो।

क्रिकेट टोलीलाई हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा संघका अध्यक्ष गोकर्ण ढकाल र प्रवक्ता विश्व घिसिङलगायतका पदाधिकारीले स्वागत गरेका हुन्।

टोलीमा ए टिमका कप्तान विनोद भण्डारी, सन्दीप जोरा, राशिद खानसहित युवा खेलाडी आकाश चन्द, लोकेश बम, सागर ढकाल छन्।

नेपाल, हङकङ र पपुवा न्युगिनीबीच त्रिकोणात्मक टी–२० आई सिरिज हुनेछ। त्रिकोणात्मक सिरिजमा फागुन २७ (१० मार्च) मा नेपाल र हङकङबीच खेल हुनेछ।

फागुन २९ (१२ मार्च) मा नेपालले पवुवा न्युगिनीसँग खेल्नेछ। दोस्रो खेलमा सोही दिन हङकङ र पपुवा न्युगिनीबीच हुनेछ।

फागुन ३० (१३ मार्च) मा त्रिकोणात्मक सिरिजको फाइनलमा पुग्ने दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ।

नेपाली टोलीमा रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी (विकेट किपर), गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द, अविनाश बोहरा रहेका छन्।