बद्री केसीको आक्रोश : सहमतिमा मतदान, नतिजा पक्षमा नआउँदा धाँधली ?

बद्री केसीको आक्रोश : सहमतिमा मतदान, नतिजा पक्षमा नआउँदा धाँधली ?

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसीले संघको निर्वाचनमा पराजित पक्ष प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको नजिकको रहेको बताएका छन्।

निर्वाचित भएको ९० दिन पुगेको अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

केसीले निर्वाचनमा पराजित आरके शर्मा पक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदनिकट रहेको बताए।

देशमा जुनसुकै राजनीतिक पार्टीको सरकार भए पनि गैरआवासीय नेपाली संघ गैरराजनीतिक अभियान रहेको उनको भनाइ छ।

एनआरएनएको इतिहासमा सबैभन्दा बढी प्रोफेसनल र सचेतना अपनाएर आफूहरूले निर्वाचन गरेको केसीले दाबी गरे।

उनले निर्वाचनअघिसम्म सबैले सहमति गरेर मतदात गराए पनि नतिजा पक्षमा नआउँदा विभिन्न आरोप लगाइएको बताए।

केसीले अहिले एनआरएनएको निर्वाचित समिति एउटामात्रै भएको प्रष्ट पारे।

विगत तीन महिनामा परोपकार, लगानी, संस्थागत विकासलगायतका मुद्दामा सकारात्मक काम र पहलहरू सुरू भएको एनआरएनएले जनाएको छ।