अमेरिकी डलरसँगै युरोको भाउ पनि घट्यो

अमेरिकी डलरसँगै युरोको भाउ पनि घट्यो File Photo

काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ।

आइतबार अमेरिकी डलरसँगै युरोको कारोबार भाउ पनि घटेको छ। जसअनुसार एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ९८ पैसा कायम गरिएको छ।

यो मूल्य शुक्रबारको तुलनामा १७ पैसाले घटेको हो। शुक्रबार एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ५५ पैसा र बिक्रीदर १३३ रूपैयाँ १५ पैसामा कारोबार भएको थियो।

यसैगरी आइतबार युरोपियन युरोमा ५४ पैसाले घटेको छ। आज एक युरोको खरिदमा १४५ रूपैयाँ १ पैसा र बिक्रीमा १४५ रूपैयाँ ६७ पैसा तोकिएको छ। शुक्रबार भने युरोपियन युरो एकको खरिदमा १४५ रूपैयाँ ५५ पैसा र बिक्रीमा १४६ रूपैयाँ २१ पैसा तोकिएको थियो।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६८ रूपैयाँ ६९ पैसा र बिक्रीदर १६९ रूपैयाँ ४५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर भने ८८ रूपैयाँ ५६ पैसा र बिक्रीदर ८८ रूपैयाँ ९६ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९९ रूपैयाँ २ पैसा र बिक्रीमा ९९ रूपैयाँ ४७ पैसा कायम गरिएको छ।

यता, जापानी येन १० को खरिददर ९ रूपैयाँ १२ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ १६ पैसा रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४७ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५५ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर १० रूपैयाँ ७ पैसा तथा बिक्री दर १० रूपैयाँ १२ पैसा कायम गरेको जनाइएको छ।

यसैगरी, आइतबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ २९ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ २९ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३० पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४६ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ४ पैसा र बिक्रीदर ३६ रूपैयाँ २१ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आइतबार २८ रूपैयाँ ४८ पैसा र बिक्रीदर २८ रूपैयाँ ६१ पैसा कायम गरेको छ।

साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ७७ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ७२ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ १४ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ७३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।