१४ किलो सुन प्रकरण : छानबिन समिति गठन

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईबाट अवैध रुपमा भित्रिएको १४ किल सुन प्रकरणको छानबिन गर्न समिति गठन गएिको छ।
गएराति फ्लाइ दुबईको उडानमा काठमाडौं आएका यात्रु चन्द्र घलेले १४ केजी सुन बोकेर ल्याएका थिए।
बरामद सुनकाे विषयमा छानबिनका लागि ६ सदस्यीय समिति गठन गरिएको हो।
प्रमुख भन्सार अधिकृत मनिराम पौडेल संयोजक रहेको उक्त समितिमा डीएसपी सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृतहरू प्रकाश निरौला, डिल्लुप्रसाद शर्मा, लोकराज ढुंगाना र शाखा अधिकृत मञ्जु थापा छन्।
घलेको साथबाट बिस्कुट आकारको ७ थान (अन्दाजी १४ केजी) सुन बरामद भएको थियो। उनको बयानको आधारमा गोरखाकै मीनबहादुर घलेलाई पनि पक्राउ गरिएको छ।
उक्त सुन परीक्षणका लागि भन्सार विभाग पठाइएको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर