दुबईबाट १४ किलो सुन ल्याएका घले विमानस्थलबाट पक्राउ (भिडियोसहित)

दुबईबाट १४ किलो सुन ल्याएका घले विमानस्थलबाट पक्राउ (भिडियोसहित)

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित एक नेपाली पक्राउ परेका छन्।

पक्राउ पर्ने गोरखाका चन्द्र घले रहेको विमानस्थल स्रोतले बतायो। उनी फ्लाइ दुबईको फ्लाइटबाट बिहीबार राती काठमाडौं उत्रेका थिए।

भन्सार विभागको टोलीले उनलाई पक्राउ गरेको हो। घलेले सुनको प्लेट बनाएर शरिरमा राखेर ल्याएका थिए।

दुबईबाट एक यात्रुले ठूलो परिमाणमा सुन बोकेर ल्याउँदै छन् भन्ने विशेष सूचनाको आधारमा स्ट्याण्डबाइ बसेको भन्सारको टोलीले फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ बाट काठमाडौँ आएका चन्द्र घलेले ज्याकेटभित्र सुन राख्न प्रयोग हुने छुट्टै झोला बनाएर भित्री ज्याकेट र जुत्तामा समेत सुन लुकाएर ल्याएको अवस्थामा फेला परेको हो।

सुन बोकेर ल्याउने चन्द्र घलेसहित सुन किन्ने र ल्याउने कार्यमा संलग्न रहेका गोरखाका मीन बहादुर घलेलाई समेत नियन्त्रणमा लिइएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको र अनुसन्धान प्रयोजनका लागि हाल थुनामा पठाइएको छ।

भिडियो



No ads found for this position