अनधिकृत गतिविधिबाट सचेत रहन एनआरएनएको आग्रह

अनधिकृत गतिविधिबाट सचेत रहन एनआरएनएको आग्रह File Photo

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आफ्नो लेटरहेड र लोगो दुरुपयोग गरेर पत्रकार सम्मेलन बोलाइएको भन्दै अनधिकृत गतिविविधिबाट सचेत रहन आग्रह गरेको छ।

संघका प्रवक्ता फणिन्द्र पन्तले गत निर्वाचनमा पराजित भएका उम्मेदवारहरूले आयोजना गरेको उक्त पत्रकार सम्मेलन अवैध भएको बताएका छन्।

‘गत अक्टोबरमा संघको निर्वाचनमा उपविजेता हुँदाहुँदै पनि आफूले आफैँलाई पदाधिकारी भनि स्वघोषणा गरी यस संघको गरिमामा आँच पुर्याउँदै आएको समूहमार्फत भइरहेका यस्ता अनधिकृत गतिविधिबाट सचेत रहन समेत हामी अनुरोध गर्दछौँ’, संघद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा संस्थाको लेटरहेड र लोगो अनधिकृत रुपमा प्रयोग नगर्न पनि सचेत गराइएको छ।

संघको गत अक्टोबरमा सम्पन्न निर्वाचनमा पराजित भएपछि कतारका राजेन्द्र कुमार शर्मालगायतको समूहले आफैले आफैलाई विजयी भएको घोषणा गरेर समान्तर गतिविधि गर्दै आएकाे छ।

निर्वाचनमा रसियाका डा. बद्री केसी १३७८ मत ल्याएर विजयी भएका थिए।