एनआरएनए प्रवक्तामा फणिन्द्र पन्त

एनआरएनए प्रवक्तामा फणिन्द्र पन्त

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रवक्तामा फणिन्द्र पन्त मनोनयन भएका छन्।

संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा सोमवार बसेको अन्तराष्ट्रिय परिषदको बैठकले पन्तलाई आगामी दुई वर्षको लागि सो पदमा मनोनयन गर्ने निर्णय गरेको महासचिव गौरीराज जोशीले जानकारी दिए।

पन्तले यसअघि संघको सहकोषाध्यक्ष पदको जिम्मेवारी समालेका थिए।

यस्तै, बैठकले संघका उपाध्यक्षहरुलाई विभागिय जिम्मेवारी समेत तोकेको थिए। जोशिका अनुसार १०० मिलियन तथा फेलेक्सी परियोजनाको प्रमुखमा डा. बद्री केसी, सदस्य सचिवमा टिका गुरुङ, संगठन तथा प्रशासन प्रमुखमा जोशी र सदस्य सचिवमा प्रविण गुरुङ, सोम सापकोटा तोकिएका छन्।

यस्तै आर्थिक विभागमा सुदन थापा र सदस्यसचिवमा सहकोषाध्यक्षहरु रहने भएका छन्।

संघको परोपकार विभागमा संघका उपाध्यक्ष डा. हेम राज शर्मा र सदस्य सचिवमा नवराज रोस्यिारा तोकिएका छन्।

बैठकले नेपाल प्रर्वधन विभागको प्रमुखमा रविन शेरचन, सदस्य सचिवमा भीम कमल केसी, वैदेशिक रोजगार विभागको प्रमुखमा राज रेग्मी सदस्यसचिवमा मनोज गोर्खाली, एनआरएन सामाजिक कल्याण विभाग प्रमुखमा रामशरण सिमखडा, सदस्यसचिवमा स्वतन्त्र प्रताप, सिप तथा प्रविधि विभागिय प्रमुखमा डा. विनोद श्रेष्ठ, सदस्यसचिवमा डा. ज्ञानेन्द्र रेग्मी, लगानी विभाग प्रमुखमा डा. केशव पौडेल, सदस्यसचिवमा पारसमणी पोखरेल, महिला विभाग प्रमुखमा रोजिना राई, सदस्यसचिवमा अनुजा प्रधान र युवा विभागको प्रमुखमा रोशन थापा, सदस्यसचिवमा सुपेन्द्र घिसिङलाई जिम्मेवारी तोकिएको छ।

बैठकले संघको ११ महाधिवेसनमा भएको निर्वाचन प्रकृयमा उठेका प्रश्नहरुको निवाकरण गर्न अन्तराष्ट्रिय अडिट कम्पनीलाई जिम्मेवारी दिने निर्णय गरेको छ।

यसअघि संघको निर्वाचनमा अध्यक्षका प्रत्यासीद्धय आरके शर्मा र महेश श्रेष्ठलाई दुई पटक सम्म छानविनको लागि पत्राचार गरिए पनि हाल सम्म प्रतिनिधिहरुको नाम नदिएको हुदाँ थप एक पटक पुनः पत्राचार गर्ने निर्णय गरेको छ । यस्तै. संघको नाम र लोगो अनधिकृत रुपमा प्रयोग गर्दै आएका बिभिन्न समूहलाई कानूनको दायराभित्र ल्याएर समस्याको समाधान खोज्ने निर्णय बैठकले गरेको छ।

बैठकमा संघको ११ औं महाधिवेसनको निर्वाचनमा सपथ लिन छुटेका पदाधिकारी तथा आइसीसी सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका थिए।