एनआरएनएकाे अध्यक्षमा डा. बद्री केसी निर्वाचित

एनआरएनएकाे अध्यक्षमा डा. बद्री केसी निर्वाचित फाइल फोटो

काठमाडौं। गैरआवसीय नेपाली संघ (एनआरएनए)काे अध्यक्षमा डा.बद्री केसी निर्वाचित भएका छन्।

काठमाडौँकाे सोल्टी होटलमा आयोजित ११औं विश्व सम्मेलनअन्तर्गत बिहीबारको प्रत्यक्ष तथा अनलाइन मतदानबाट अन्य दुई प्रतिस्पर्धीलाई हराउँदै केसीले जित हात पारेका हुन्।

केसीले १ हजार ३ सय ७८ मत ल्याउँदा उनका प्रतिद्वन्द्धी आरके शर्माले १ हजार २ सय ८१ र महेश श्रेष्ठले १ हजार २ सय २५ मत प्राप्त गरे।

त्यस्तै उपाध्यक्षमा डा. विनोद श्रेष्ठ, डा. हेमराज शर्मा, खगेन्द्र न्यौपाने, राजु रेग्मी ‘राज’, रामशरण सिमखडा र रोविन र शेरचन विजयी भएका छन्।