एनआरएनए कोषाध्यक्षका प्रत्यासी सुदन थापालाई प्रधानमन्त्रीले गरे सम्मान

एनआरएनए कोषाध्यक्षका प्रत्यासी सुदन थापालाई प्रधानमन्त्रीले गरे सम्मान

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को कोषाध्यक्ष पदका प्रत्यासी सुदन थापा प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) द्धारा सम्मानित भएका छन्।

सिजन मिडियाले आयोजना गरेको ‘अवार्ड’ कार्यक्रममा थापालाई प्रधानमन्त्री प्रचण्डले सम्मान गरेका हुन्।

प्रधानमन्त्रीले थापालाई ‘युथ लिडरसीप एचिभर अवार्ड’ प्रदान गरेका हुन्।

सामाजिक सेवामा योगदान पुर्‍याएका उत्कृष्ट व्यक्तिलाई सिजन मिडियाले एक विशेष समारोहकाबीच ‘अवार्ड’सहित गरेको थियो।

जापानमा व्यवसाय गर्दै आएका थापा एनआरएनएका पूर्व युवा संयोजक हुन्।

युवा संयोजकमा रहँदा उनले विदेशमा बस्ने नेपाली युवाहरूलाई नेपालको राष्ट्रिय खेलसँग जोडेका थिए।

उनकै पालामा एनआरएनए खेलकुद प्रतिष्ठान गठन भएको थियो।

थापा एनआरएनए जापानका पूर्व अध्यक्ष समेत हुन्।

सामाजिक कार्यमा उनको योगदान मह्त्वपूर्ण मानिन्छ।

गैरआवासीय नेपाली माझ लोकप्रिय नाम हो, सुदन थापा।

थापा एनआरएनएको आउँदो चुनावमा कोषाध्यक्ष पदमा चुनाव लड्दै छन्।