यस्तो छ एनआरएनएको निर्वाचन तालिका

यस्तो छ एनआरएनएको निर्वाचन तालिका फाइल फोटो : सन् २०१९–०२१ कार्यकालको निर्वाचन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन तालिका सार्वजानिक भएको छ।

प्रमुख निर्वाचन आयुक्त यादव प्रसाद ढुंगानाले संघको निर्वाचन तालिका सार्वजानिक गरेका हुन्।

सार्वजानिक तालिका अनुसार नयाँ नेतृत्वको लागि चुनाव १९ अक्टोबर बिहीवार हुनेछ। यस्तै, महाधिवेशन भने १७ अक्टोबरबाट सुरु हुनेछ।

यसपटक ४२ सय प्रतिनिधिले मतदान गर्दैछन्। काठमाडौंको सोल्टी होटलमा महाधिवेशन हुँदैछ।

काठमाडौं आएका प्रतिनिधिले प्रत्यक्ष रुपमा मतदान गर्दैछन् भने आउन नसक्ने प्रतिनिधिलाई अनलाइनमार्फत मतदानको व्यवस्था मिलाइएको छ।

यस्तो छ निर्वाचन तालिका