एनआरएनए कोषाध्यक्षमा जापानबाट सुदन थापा भिड्दै

एनआरएनए कोषाध्यक्षमा जापानबाट सुदन थापा भिड्दै

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय कोषाध्यक्षमा जापानबाट सुदन थापाले उम्मेदवारी दिने भएका छन्।

संघको आउँदो कार्यकालका लागि आफ्नो कोषाध्यक्ष पदमा उम्मेदवारी रहने फेसबुकमार्फत जानकारी दिएका छन्।

नेपाली महिलाहरूको चाड हरितालिका तीजको अवसरमा देश तथा विदेशमा बस्ने दिदी बहिनीहरूलाई शुभकामना दिँदै थापाले कोषाध्यक्ष पदमा उम्मेदवारी रहने खुलाएका छन्।

‘विगतका कार्यसमितिहरूप्रति आलोचना मात्र नभइ अहिलेसम्म भए गरेका क्रियाकलापहरूलाई सुदृढ गर्दै वर्तमान संक्रमणकालिन अवस्थामा संस्थालाई क्रियाशिल, व्यवस्थित र पारदर्शी बनाउन गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को कार्यसमिति भित्रै रहेर विश्वासका साथ काम गर्ने उदेश्यले कोषाध्यक्षमा मेरो उम्मेदवारी रहनेछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘ यहाँहरूको आजसम्मको माया र भोलिको दिनमा मैले दिलाउन सक्ने विश्वासलाई साक्षि राखेर तपाईहरू विदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनि इस्ट्मित्रहरूको साथ सद्भाव सहयोगको अपेक्षा गर्दछु।’

थापा संघको सन् २०१७–१९ कार्यकालमा युवा संयोजक थिए। उनी एनआरएनए जापानको पूर्व अध्यक्ष समेत हुन्।

थापा सन् २०१९–०२१ कार्यकालमा कोषाध्यक्ष पदमै चुनाव लडेका थिए। तर, नतिजा भने उनको पक्षमा आएन।

कोषाध्यक्ष पदमा यूएईबाट ठाकुर प्रसाद ढुंगानाले पनि उम्मेदवारी घोषणा गरेका छन्।