एनआरएनए युरोपको नेतृत्वमा पुन: उम्मेदवारी दिँदै सापकोटा

एनआरएनए युरोपको नेतृत्वमा पुन: उम्मेदवारी दिँदै सापकोटा

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का युरोप क्षेत्रीय संयोजक चिन्तामणि सापकोटाले आउँदो कार्यकालका लागि पनि सोही पदमै उम्मेदवारी दिने घोषणा गरेका छन्।

गैरआवासीय अभियन्ताहरूको चाहना र सुझावबमोजिम आफूले पुनः युरोप संयोजक पदमै उम्मेदवारी दिन लागेकोे सापकोटाले बताए।

लामो समयदेखि स्पेनको बार्सिलोनामा बस्दै आएका सापकोटा एनआरएनएका गतिविधिमा निकै खटि्ने अभियान्ता हुन्।

‘सबल, साझा र एकताबद्ध एनआरएनए, परिणाममुखी, पारदर्शी र समावेशी एनआरएनए’ नारासहित उम्मेदवारी दिने सापकोटाको तयारी छ।

सन् २००७ देखि साधारण सदस्यका रुपमा प्रवेश गरेका सापकोटाले संघमा सक्रिय सामाजिक अभियन्ताको छवि बनाएका छन्।

एनआरएनएका विभिन्न टास्कफोर्समा बसेर उनले थुप्रै अनुभव बटुलेका छन्।

सापकोटा अन्य सामाजिक संस्थामा समेत आवद्ध भएर काम गरिरहेका छन्।