एनआरएनए अध्यक्षमा महेश श्रेष्ठले औपचारिक उम्मेदवारी घोषणा भोलि गर्ने
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका प्रत्यासी महेश कुमार श्रेष्ठले शुक्रबार औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने भएका छन्।
मौखिक तथा सामाजिक सञ्जालबाट यसअघि नै उम्मेदवारी दिने बताउँदै आएका श्रेष्ठले आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदमा भोलि (शुक्रबार) दिउँसाे ३ बजे उम्मेदवारी घोषणा गर्न लागेका हुन्।
कुपण्डोलस्थित होटल हिमालयमा पत्रकार सम्मेलन गरेर उनले आफ्नो उम्मेदवारीबारे जानकारी गराउँदैछन्।
नेपालबाहिर रहने पत्रकार तथा शुभचिन्तकहरूलाई जुममार्फत जोड्नि मिल्ने व्यवस्था गरिएको छ।
पत्रकार सम्मेलनमा उनले चुनावी प्रतिबद्धता समेत सार्वजानिक गर्ने उनको सचिवालयले जनाएको छ।
जापानमा व्यवसाय गर्दै आएका श्रेष्ठ अहिले संघमा उपाध्यक्ष छन्।
No ads found for this position
ताजा अपडेट
प्रवास खबर
दक्षिण कोरियाका राष्ट्रपति पक्राउ
प्रवास खबर
कस्ताे छ आजको मौसम ?
प्रवास खबर