एनआरएनए उपाध्यक्षका प्रत्यासी खगेन्द्र न्यौपाने जापानमा 

एनआरएनए उपाध्यक्षका प्रत्यासी खगेन्द्र न्यौपाने जापानमा 

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का सचिव खगेन्द्र न्यौपानेलाई जापानमा स्वागत गरिएको छ।

संघको आगामी कार्यकालका लागि उपाध्यक्ष पदका प्रत्यासी रहेका न्यौपानेलाई जापानमा विशेष स्वागत गरिएको हो।

एघारौं महाधिवेशन नजिकिएसँगै उनी विभिन्न देशको भम्रणमा निस्किएका छन्।

विभिन्न एसीसीहरूमा पुगेर प्रतिनिधिसँग अन्तरक्रिया गर्ने न्यौपानेको योजना छ।

उनलाई जापानमा एनसीसी अध्यक्ष नविन न्युरेसहित आइसीसी उपाध्यक्ष भुषण घिमिरे, युवा उपाध्यक्ष रोशन थापा, जापानका निर्वतमान अध्यक्ष शिव प्रसाद पौडेललगायतका पदाधिकारीले स्वागत गरेका हुन्।

छलफलका क्रममा न्यौपानले जापानमा नेपालीले भोग्दै आएका समस्याका विषयमा चासो राखेका थिए।

न्यौपानेले मलेसियामा व्यवसाय गर्दै आएका छन्। उनको नेपालमा पनि विभिन्न क्षेत्रमा लगानी छ।

यो पनि पढ्नुहोस्

एनआरएनए उपाध्यक्षमा मलेसियाका न्यौपानेले उम्मेदवारी दिने