एनआरएन बनाउने जिम्मा अब मध्यपूर्वको : रोशन थापा

एनआरएन बनाउने जिम्मा अब मध्यपूर्वको : रोशन थापा

मस्कट । गैरआवासीय नेपाली संघ ९एनआरएनए०का युवा उपाध्यक्ष रोशन थापाले संघमा अबको नेतृत्व मध्यपूर्वले हाँक्न सक्षम भइसकेको बताएका छन्।

ओमनको मस्कटमा संघको आठौं मध्यपूर्व क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले मध्यपूर्वका श्रमिकहरू अब श्रमिकमात्रै नभएर नेतृत्व लिन समेत सक्षम भइसकेको दाबी गरे।

‘एनआरएनए बनाउने जिम्मा अब मध्यपूर्वका श्रमिक साथीहरूले गर्नेछन्, उनले भने, ‘रेमिट्यान्समात्रै होइन अब यहाँका श्रमिक साथीहरू एनआरएनए बनाउन अघि बढिसकेका छन्।’

उनले अब अमेरिका वा युरोपमात्रै नभए यहाँ श्रम गर्ने श्रमिकहरू पनि एनआरएनएका मुद्दालाई सम्बोधन गर्न सक्षम भइसकेको बताए।