ग्रिसमा एनआरएनए ‘फेरि सक्रिय’

ग्रिसमा एनआरएनए ‘फेरि सक्रिय’

काठमाडौं। युरोपेली मुलुक ग्रिसमा निष्क्रिय रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को शाखा पुनः सक्रिय भएको छ।

ग्रिसमा संघको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) सन् २०१० मै विस्तार भएपनि विभिन्न कारणले निष्क्रिय बनेको थियो।

संघका केन्द्रीय कोषाध्यक्ष सुनील साहले ग्रिसमा नयाँ कार्यसमिति गठन गरिएको जानकारी दिए। साह आफै ग्रिस पुगेर नयाँ कार्यसमिति गठन गरेका हुन्।

संघका कार्यकारी अध्यक्ष डा.केसीले पनि ग्रिसमा निष्क्रिय रहेको शाखा पुनः सक्रिय भएको बताए।

कृष्ण पोख्रेलको नेतृत्वमा तर्दथ समिति

कोषाध्यक्ष साहका अनुसार भेलाले कृष्ण पोख्रेलको नेतृत्वमा १५ सदस्यीय तर्दथ समिति गठन गरेको छ।

समितिमा उपाध्यक्षको जिम्मेवारी सन्तोष प्रसाद आचार्य र टिकाराम खड्काथोकीलाई दिइएको छ। यस्तै,सचिवमा अर्जुन केसी चयन भएका छन्।

यसैगरी, सह–सचिवको जिम्मेवारी अनिल गुरुङले पाएका छन् भने कोषाध्यक्षमा साजन राई चयन भएका छन्।

त्यस्तै, सदस्यहरूमा सृजना श्रेष्ठ, पन्चु गुरुङ, धुव्र गुरुङ, सुजना दाहाल आचार्य, राजेशकान्त ओझा, रामु न्यौपाने, रविन्द्र मरासैनी र लाक्पा लामा चुनिएका छन्।

नवगठित समितिका पदाधिकारीलाई कोषाध्यक्ष साहले पद तथा गोपनियताको सपथ खुवाएका थिए।