एनआरएनएलाई पशुपति क्षेत्रमा वृद्धाश्रम बनाउन जग्गा दिइने

एनआरएनएलाई पशुपति क्षेत्रमा वृद्धाश्रम बनाउन जग्गा दिइने

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पशुपति क्षेत्रमा निर्माण गर्ने वृद्धाश्रमका लागि जग्गा पाएको छ।

पशुपति विकास कोषले जग्गा उपलब्ध गराउने निर्णय गरेको संघका अध्यक्ष डा. केसीले बताए।

उनका अनुसार एक सय कोठाको वृद्धाश्रम निर्माण गर्न कोषले पशुपति क्षेत्रको सिफलस्थित भण्डारेश्वर क्षेत्रको जग्गा उपलब्ध गराउने प्रारम्भिक सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ।

डा. केसीले कोषको पछिल्लो निर्णय स्वागत योग्य भएको बताउँदै अब सो परियोजना अघि बढ्ने जानकारी दिए।

भण्डारेश्वर क्षेत्रको जग्गाको क्षेत्रफल एकीन गर्न र सामाजिक कार्यमा प्रयोग गर्ने सम्बन्धमा गुठी संस्थानसँग समन्वय गरी आवश्यक गृहकार्य गर्न व्यवस्थापनलाई निर्देशन दिएको थियो।

सय कोठाको वृद्धाश्रम निर्माणका लागि डिजाइन, लगात अनुमान, निर्माण सम्पन्न हुने अवधि, सञ्चालन गर्ने कार्यविधिसहित विस्तृत कार्ययोजना संघले माग गर्ने र कार्ययोजना प्राप्त भएपछि गुठी संस्थानको समेत सहभागिता गराइ कार्यसम्पादन समितिमा छलफल गरी स्वीकृतका लागि सञ्चालक परिषद्मा पेश गर्ने निर्णय गरिएको थियो।

संघको नवनिर्वाचित कार्यसमितिको ८४ औं बैठकले पशुपति क्षेत्रमा उक्त आश्रम बनाउने निर्णय गरेको हो।

उक्त परियोजना सम्पन्न गर्नका लागि अध्यक्ष कुल आचार्यको एक करोड र बैठकमा सहभागी अन्य पदाधिकारी तथा कार्यसमितिका सदस्यहरूबाट तीन करोड ५६ लाख ५० हजार रुपैयाँको प्रतिबद्धता गरेका थिए।

संघले आगामी कार्यकाल संचालनका लागि कार्यविधि तयार गर्न उपाध्यक्ष डा हेमराज शर्माको नेतृत्वमा महासचिवद्वय गौरीराज जोशी र केशव पौडेल, प्रवक्ताद्वय सोम सापकोटा र शिवकुमार बरुवाल रहने गरी कार्यदल गठन गरेको थियो।

 



No ads found for this position