गैरआवासीय नेपालीको नागरिकता समस्या वर्षे अधिवेशनबाट टुंगिन्छ : रक्षामन्त्री
काठमाडौं। गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीसहितको प्रतिनिधि मण्डलले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेटघाट गरेको छ।
भेटमा डा. केसीले संघले स्थापना कालदेखि नै नागरिकता तथा लगानीको मुद्धालाई महत्व दिएको र सो कार्यको पूर्णताका लागि सहजीकरण गर्न आग्रह गरेका।
संघका अध्यक्ष कल आचार्यले संघले सामाजिक सुरक्षा, डलर खाता तथा संघको गतिविधिबारे जानकारी गराएका थिए।
यस्तैऽ संघका संस्थापक अन्तर्राष्ट्रिय संयोजक भिम उदासले संघको सुरुको अभियान बारे जानकारी दिए ।
खड्काले गैरआवासीय नेपाली संघले स्थापना कालदेखि नै नेपालको समृद्धिको सपना लिएकोमा धन्यवाद व्यक्त गर्दै नागरिकताको मुद्दा अब आउने वर्षे अधिवेशनबाट टुंगिने विश्वास व्यक्त व्यक्त गरे।
No ads found for this position