एनआरएनएका केन्द्रीय उपाध्यक्ष आरके शर्मालाई मातृशोक

एनआरएनएका केन्द्रीय उपाध्यक्ष आरके शर्मालाई मातृशोक

चितवन । गैरआवासीय नेपाली संघ  (एनआरएनए) का केन्द्रीय उपाध्यक्ष  राजेन्द्र कुमार शर्मा (आरके) लाई मातृशोक परेको छ।

उनकी आमा ८३ वर्षीया कुन्ता कुमारी शर्माको बिहीबार उपचारको क्रममा मृत्यु भएको हो।

भरतपुर १६ फुर्तिचोक चितवन निवासी शर्माको केहिदिन यता चितवन मेडिकल कलेजमा उपचार चलिरहेको थियो।

उनका ५ छोरा र ३ छोरी छन्।