आप्रवासी नीति तथा कानून प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग एनआरएनएको माग

आप्रवासी नीति तथा कानून प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग एनआरएनएको माग

काठमाडौं। गैरआवासीय नेपाली संघले आप्रवासी नीति तथा कानून प्रभावकारी कार्यान्वयन गर्न सरकार समक्ष माग गरेको छ।

संघले विश्व आप्रवास दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको सफलता कामना गर्दै यसको सकारात्मक सन्देश जनस्तरसम्म पुग्न सकोस् र सरकारका कानून तथा नीतिको प्रभावकारी कार्यान्वयन होस् भन्ने शुभकामना दिएको छ।

संघकी कार्यकारी अध्यक्ष रविना थापाद्धारा जारी विज्ञप्तिमा आप्रवासी नेपालीका समस्या र चुनौतीहरुलाई सामना गर्न गैरआवासीय नेपाली संघले नेपाल सरकारसंग सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ ।