फ्रान्सलाई हराउदै ट्युनिसिया विश्वकपबाट बाहिरियो

फ्रान्सलाई हराउदै ट्युनिसिया विश्वकपबाट बाहिरियो

काठमाडौं । विश्वकप फुटबलअन्तर्गत बुधबार राति भएको खेलमा फ्रान्स ट्युनिसियासँग पराजित भएको छ । समूह ‘डी’ मा रहेको ट्युनिसियाको टोली १–० ले विजयी भएको छ । जितका बावजुद ट्युनिसिया विश्वकपको प्रि–क्वाटरफाइनलमा पुग्न असफल रह्यो । ट्युनिसिया ४ अंकका साथ समूहको तेस्रो स्थानमा छ । अस्ट्रेलियाले डेनमार्कलाई पराजित गर्दै नकआउटमा स्थान बनाएको हो । त्यस्तै, फ्रान्स समूहको शीर्ष स्थानमा उक्लेको छ ।

खेलको ५८ औं मिनेटमा ट्युनिसियाले डिफेन्डिङ च्याम्पियन फ्रान्सविरुद्ध गोल गरेको थियो । कप्तान वाहबी खजरीले निर्णायक गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उनको गोलका कारण ट्युनिसियाले डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई हराउन सफल भयो ।