आयोजक रास्ट्र कतारको हारको कीर्तिमान

आयोजक रास्ट्र कतारको हारको कीर्तिमान

काठमाडौं। आयाेजक कतारले विश्वकपअन्तर्गत समूह चरणकाे तीन वटै खेल हारेर कीर्तिमान बनाएकाे छ। उसले तीन वटै खेल २ गाेलकाे अन्तरमा पराजय भाेगेकाे हाे

आयाेजक राष्ट्रकाे नाताले इक्वेडरविरुद्ध पहिलाे खेलमै पराजय भाेगेर कीर्तिमान बनाएकाे कतारले कुनै खेल जित्न सकेन। उसले इक्वेडरसँग पनि २–० गाेलकाे पराजय भाेगेकाे थियो।

सेनेगलसँग एक गाेल गरे पनि ३–१ गाेलले खेल गुमाएकाे थियाे। मंगलबार राती अन्तिम खेलमा पनि उ नेदरल्याण्ड्ससँग २–० गाेलले पराजित भयाे।

नेदरल्याण्ड्सका लागि काेडि गाक्पाले २६ र फ्रयाङ्की डि जाेङले ४९ मिनेटमा गाेल गरेका थिए। गाक्पाकाे याे विश्वकपमा तेस्राे गाेल थियो।

कतारले आफ्नाे पहिलाे विश्वकप यात्रामा ७ गाेल खाएकाे छ। उसका लागि एक मात्र गाेल माेहम्मद मुन्तारीले सेनेगलविरुद्ध गरेका थिए।

चार वर्षअघि रुसमा भएकाे विश्वकपमा नेदरल्याण्ड्स अन्तिम १६ मा छनाेट हुन सकेकाे थिएन। यसपालि अपराजित हुँदै ७ अंकका साथ समूह विजेताकाे रुपमा नकआउट चरणमा प्रवेश गरेकाे छ।