सेनेगल फिफा विश्वकपको नकआउट चरणमा

सेनेगल फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौं । सेनेगल २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश गरेका छ। इक्वेडरलाई समूह ‘ए’ को अन्तिम खेलमा २–१ गोलले पराजित गर्दै अफ्रिकी राष्ट्र सेनेगल सन् २००२ पछि विश्वकपको दोस्रो चरणमा प्रवेश गरेको हो।

सन् २००२ मा यो देश क्वाटर फाइनलसम्म पुगेको थियो। मंगलबारको खेलमा कप्तान कालिदो कुलिबाली नायक बने। उनले ६७ मिनेटमा इक्वेडरका मोइसेस काइसेडोले बराबरीमा ल्याएको खेललाई तीन मिनेटभित्रै आफ्नो पक्षमा ल्याएका थिए।

यो खेलमा बराबरीमा रोकिएको भए मात्र पनि सेनेगल प्रतियोगिताबाट बाहिरिने थियो। किनभने समूहको अर्को खेलमा नेदरल्याण्ड्सले २ गोलको अग्रता बनाइसकेको थियो। नेदरल्याण्ड्सले आयोजक कतारलाई २–० गोलले पराजित गर्दै समूह विजेताको रुपमा नकआउट चरणमा प्रवेश पाएको छ।

नेदरल्याण्ड्स अपराजित रहँदै ७ अंकका साथ नकआउट चरणमा प्रवेश गरेको हो। सेनेगलले ६ अंक जोडेको छ।

सेनेगलका लागि ४४ मिनेटमा इस्माइला सारले पेनाल्टीबाट गोल गरेका थिए। आज उनको ५० औं अन्तर्राष्ट्रिय खेल थियो।