यूएईका उपराष्ट्रपतिले दिए १ हजार ४० कैदीबन्दीलाई आममाफी

यूएईका उपराष्ट्रपतिले दिए १ हजार ४० कैदीबन्दीलाई आममाफी

दुबई । यूएई सरकारले आफ्नो देशमा विभिन्न मुद्दामा जेल जीवन बिताइरहेका १ हजार ४० जना कैदीबन्दीलाई आममाफी दिएको छ।

यूएईका प्रधानमन्त्री समेत रहेका उपराष्ट्रपति शेख मोहम्मद बिन रसिद अल मकतौमले राष्ट्रिय दिवसको अवसरमा १ हजार ४० जना आममाफी दिएका हुन्। उनले ती कैदीबन्दीलाई थुनामुक्त गर्न आदेश दिइसकेका छन्।

उक्त कदम क्षमामाफी र सहिष्णुताको मूल्यमा आधारित मानवीय पहलको एक हिस्सा भएको बताइएको छ।

यूएई सरकारले राष्ट्रिय दिवस, ईदजस्ता विशेष अवसरहरुमा कैदीहरुलाई आफ्नो जीवनमा गल्ती सुधार्ने दोस्रो मौका दिँदै नयाँ जीवन जिउनको लागि हरेक वर्ष आममाफी दिने गरेको छ।

यूएईले प्रत्येक वर्ष २ डिसेम्बरलाई स्वतन्त्रता दिवसको रुपमा मनाउने गर्छ। अहिले मनाउन लागिएकाे ५१ औं राष्ट्रिय दिवस हाे।

राष्ट्रिय दिवसको अवसरमा ३ दिन सार्वजानिक विदा दिने समेत यूएईको मन्त्रीपरिषद्ले घोषणा गरेको छ।