लन्डनमा अत्यधिक गर्मी,धावनमार्ग पग्लिएपछि उडान स्थगित

लन्डनमा अत्यधिक गर्मी,धावनमार्ग पग्लिएपछि उडान स्थगित

लन्डन।लन्डनमा अत्यधिक गर्मी बढेको छ।सोमबार तातो मौसमका कारण धावनमार्ग पग्लिएपछि विभिन्न स्थानमा उडान स्थगित भएका विवरण सार्वजनिक भएका छन्।रोयल एयर फोर्स (आरएएफ)ले अक्सफोर्डसायर नजिकैको ब्रिज नोर्टन बेसभित्र र बाहिर उडानहरू स्थगित गरेको छ।

चरम गर्मीको कारणले रनवे पग्लिरहेको स्काई न्यूजले जनाएको छ।

सोमबार लन्डनको लुटन विमानस्थलले पनि पनि धावनमार्ग पग्लिएपछि सबै उडानहरू रोकेको थियो।इजीजेट र रायनएयरलगायतका एयरलाइन्सले प्रयोग गर्ने अन्तर्राष्ट्रिय विमानस्थलले गर्मीका कारण उडान स्थगित भएको भन्दै यसबाट पर्न गएको असुविधाप्रति क्षमायाचना गरेका छन्।

लन्डनमा ३८.१ डिग्री सेल्सियस तापमानसहित हालसम्मको सबैभन्दा गर्मी दिन रेकर्ड भएको छ।मौसमविद्हरूले मंगलबार तापक्रम अझै बढ्ने चेतावनी दिएका छन्।
बन्दका कारण केही विद्यालय बन्द गरिएका छन्।यद्यपि, सरकारले विद्यालय ठप्प नगर्न अनुरोध गरेको छ।तापक्रम बढेपछि मौसम विभागले पहिलोपटक रातो चेतावनी जारी गरेको छ।