धेरै सवारी साधन एकै ठाउँमा दुर्घटना, तीनको मृत्यु

वासिङ्टन । अमेरिकाको अन्तर राज्य राजमार्गमा धेरै सवारी एकै ठाउँमा दुर्घटनामा हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ।
देशको पेन्सिलभेनियामा सोमबार भएको दुर्घटनामा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन्। स्थानीय समय अनुसार बिहान १०ः३० बजे दुर्घटना भएको हो ।
दुर्घटनामा झण्डै कार, ट्रक, ट्याक्टर लगायतका ६० सवारी साधन परेका थिए। हिउँ आँधीका कारण दुर्घटना भएको अधिकारीहरूले जनाएका छन्।
दुर्घटनामा परी अरु २० जना घाइते भएको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
ताजा अपडेट

प्रवास खबर
नेपालीलाई रुसी सेनामा पठाउने १२ जना पक्राउ

प्रवास खबर