१५ हजार रुसी सैनिकसहित २ सय बढी लडाकु विमान ध्वस्त पारेको युक्रेनको दाबी

काठमाडौं। युक्रेनमाथि आक्रमण थालेपछि करिव १५ हजार रुसी सैनिक मरेको दाबी गरिएको छ।
युक्रेनका सैन्य अधिकारीहरुले आफूहरुको सेनाले १४ हजार ७ सय रुसी सैनिकलाई मारेको दाबी गरेको हो।
युक्रेनमाथि रुसले आक्रमण थालेको २५ दिन भएको छ।
युक्रेनी शहर मारियुपोल, जपोरजिया र राजधानी कीभमा भीषण संघर्ष जारी रहेको बीबीसीले जनाएको छ।
युक्रेनका सेनाप्रमुखका स्टाफको तर्फबाट गरिएको एक फेसबुक अपडेटमा अधिकारीहरुलाई उदृत गर्दै १४ हजार ७ सय सैनिक मारीएको बताइउको छ।
यसक्रममा रुसी सेनाका सरसामान पनि नष्ट भएको जनाइएको छ । जसमा ४७६ ट्यांक २ सय भन्दा धेरै लडाकु विमान, हेलिकप्टर र ड्रोन का साथै १४८७ सवारी साधन रहेको दाबी युक्रेनको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर