‘दुबई एक्स्पो’मा गुरुङ जातिको संस्कृति र कला प्रर्दशन

‘दुबई एक्स्पो’मा गुरुङ जातिको संस्कृति र कला प्रर्दशन

दुबई । यूएईमा चलिरहेको ‘दुबई एक्स्पो–२०२०’ मा गुरुङ जातिको मौलिक संस्कृति प्रस्तुत गरिएको छ ।

शुक्रबार ‘दुबई एक्स्पो’को नेपाल पेविलियन (स्टल परिसर) मा गुरुङ भेषभुषा भाङ्ग्रा,कछाड,गुन्यू–चोलीमा सजिएर तमु प्येल्हु संघ यूएईमा आवद्ध प्रतिनिधिले मौलिक संस्कृति प्रस्तुत गरेका हुन्।

आदिवासी जनजाति महासंघ यूएईका संरक्षक तथा एनआरएनए यूएईका उपाध्यक्ष पासाङ शेर्पाले कार्यक्रमको नेतृत्व गरेका थिए।

‘दुबई एक्सपो–२०२०’ संसारकै ठूलो प्रर्दशनी हो । अहिले यहाँ संसारभरका पर्यटकको बाक्लो उपस्थिति छ । ‘दुबई एक्सपो’मा नेपाली टोलीको नेतृत्व इम्प्लिमेन्टिङ एक्सपर्ट ग्रुप (आइजी)ले गरिरहेको छ । नेपाली कला र संस्कृतिलाई विश्वमाझ चिनाउन एक्स्पोमा नेपालको मौलिक विविधता झल्काइएको छ।

‘यस्ता कार्यक्रमले नेपालको कला, संस्कृतिलाई विश्वसामू चिनाउन फाइदा पुग्नेछ,’ जनजापति महासंघका संरक्षक तथा एनआरएनए यूएईका उपाध्यक्ष शेर्पाले भने । नेपाली टोलीको प्रस्तुतीलाई विदेशी पर्यटकले पनि निकै चासो दिएर हेर्ने गरेको शेर्पा बताउँछन्।

शेर्पाकै नेतृत्वमा प्रत्येक शुक्रबार जनजाति महासंघमा आवद्ध संघ–संस्थाले आ–आफ्नो संस्कृति प्रस्तुत गर्दै आएका छन् । यसअघि किरात राई यायोक्खा समूह, किरात थाक्थुम चुम्लुङ, मगर र थारु कल्याणकारीलगायतका संस्थाले आफ्नो प्रस्तुती दिइसकेका छन्।

यो पनि पढ्नुहोस्

 

‘दुबई एक्सपो’मा झल्कियो नेपालको मौलिक संस्कृति

‘दुबई–एक्स्पो’ मा ‘नेपाल–डे’ मनाइने

‘दुबई एक्स्पो’मा ‘नेपाल’ घन्कियो, पञ्चेबाजा र कौडा नाचले विदेशी चकित

दुबई एक्स्पो–२०२० मा किरात थाक्थुम चुम्लुङ र थारुकाे मौलिक कला संस्कृति प्रदर्शन



No ads found for this position