दुबई एक्स्पो–२०२० मा किरात थाक्थुम चुम्लुङ र थारुकाे मौलिक कला संस्कृति प्रदर्शन

दुबई एक्स्पो–२०२० मा किरात थाक्थुम चुम्लुङ र थारुकाे मौलिक कला संस्कृति प्रदर्शन

दुबई। यूएईमा जारी दुबई एक्स्पो–२०२० मा नेपाल आदिवासी जनजाति महासंघ (यूएई) ले शुक्रबार पनि आफ्नो कला तथा संस्कृति प्रस्तुत गरेको छ।

नेपाल आदिवासी जनजाति महासंघ यूएईकाे अगुवाइमा संस्था किरात याक्थुम चुम्लुङ यूएईले लिम्बुहरुको मौलिक धान नाच, च्याब्रुङ र पालम प्रस्तुत गरेको थियो। दुबई एक्स्पो–२०२० मा महासंघको अगुवाइमा प्रत्येक साताको शुक्रबार  आदिवासी जनजाति समूहले मौलिक कला तथा संस्कृति प्रस्तुत गर्दै आइरहेका छन्।

यस्तै थारु कल्याणकारी सभा यूएईले थारु समुदायको मौलिक झुम्रा नाच पनि प्रस्तुत गरेको थियो। जसमा शेर्पा किदुग यूएईले अतिथि सत्कारमा स्वयंसेवक खटाएको थियो ।

नेपाली मौलिक प्रस्तुतिहरु विशेष गरेर विदेशी पर्यटकले विशेष चाखका साथ हेरेका थिए भने एक्स्पोको आधिकारीक मिडियाले नेपालको कला संस्कृतिको उच्च प्रशंसा गर्दै समाचार लेखेका छन्।

यसैबीच २ जनवरीमा हुने ‘नेपाल डे’ मनाइदै५ । एक्स्पोमा नेपालको तर्फबाट सहभागिता जनाइरहेको आइइजी ग्रुपका अध्यक्ष अमृतरत्न शाक्यले ‘नेपाल डे’ का लागि परराष्ट्र मन्त्रीसहित उच्चस्तरीय डेलिगेसन नेपालबाट आउने पक्का भएको जानकारी दिएका छन्।

दुबई एक्स्पो हालसम्म ४८ लाख दर्शकले अवलोकन गरिसकेको विदेशी मिडियाले बताएको छ।

यो पनि पढ्नुहोस्

 

‘दुबई एक्सपो’मा झल्कियो नेपालको मौलिक संस्कृति

‘दुबई–एक्स्पो’ मा ‘नेपाल–डे’ मनाइने

‘दुबई एक्स्पो’मा ‘नेपाल’ घन्कियो, पञ्चेबाजा र कौडा नाचले विदेशी चकित



No ads found for this position