रुसी सेनामा रहेका नेपालीको जीवन रक्षाको माग गर्दै सिंहदरबारमा प्रदर्शन

रुसी सेनामा रहेका नेपालीको जीवन रक्षाको माग गर्दै सिंहदरबारमा प्रदर्शन

काठमाडौं। रुसी सेनामा भर्ती भएका परिवारका सदस्यले फिर्ताको माग गर्दै सिंहदरबारमा प्रदर्शन गरेका छन्।

रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन गर्ने १५ नालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रुसी सेनामा गएर सम्पर्कविहीन भएकाहरुको खोजी, मृत्यु भएकाहरुको शव फिर्ता र अलपत्र परेकाहरुको उद्धारको माग राख्दै प्रर्दशनमा उत्रिएका कृतु भण्डारी, टेक बटाला, सोनुलाल यादव, चादनी विष्ट, गोमा राई, जानुका सुनुवार, सम्झना अधिकारी, जशुधन राई, रोजी पुन, गीता घर्तीमगर, बुद्धिमाया ब्रामु, साता सुनुवार, उमेश तामाङ, गोकर्ण राई र मीनबहादुर दाहाललाई प्रहरीले पक्राउ गरेको हो।

गिरफ्तार गरिएका उनीहरूलाई सिंहदरबार प्रहरी कार्यालयमा राखिएको छ।

उनीहरूले रुसी सेनामा भएका नेपालीलाई सकुशल उद्धार गरी स्वदेश फिर्तालागायत ११ बुँदे माग राख्दै सिंहदरबारअगाडि प्रदर्शन गरेका थिए।

युद्धमा घाइते नेपालीको उचित उपचार, क्षतिपूर्ति र नेपाल ल्याउने व्यवस्था, मृतकका परिवार क्षतिपूर्तिसहित रुसी सेनाबाट पाउने तलब, भत्ताका लागि सहजीकरणको माग उनीहरूले गरेका छन्।