दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौँ। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ।

गएराती सम्पन्न खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई १२ रनले पराजित गरेको हो।

राजस्थानले दिएको १८६ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ५ विकेट फुमाउदै १७३ रन मात्र बनाएको थियो।

दिल्लीका लागि डेभिड वार्नरले सर्बाधिक ४९ रन बनाए भने ट्रीस्टान स्टब्सले अविजित ४४ रन बनाएका थिए।

त्यसैगरी राजस्थानका बलर नान्द्रे बर्गर र युजवेन्द्र चहलले २/२ तथा आभेस खानले एक विकेट लिएका थिए।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको राजस्थानले रियान परागको ४५ बलमा ८४ रनको इनिंगको मद्धतले २० ओभरमा ५ विकेट गुमाउदै १८५ रन बनाएको थियो।

यो जितपछि राजस्थानले लगातार दोस्रो जित हासिल गरेको छ भने दिल्लीले यस सिजनमा लगातार दोस्रो हार बेहोरेको छ।