एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई खेल्दै

एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई खेल्दै File Photo : Asian Cricket Council

काठमाडौँ। आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुदै छन्। बुधबार समुह चरणका खेल सकिएसँगै सेमिफाइनलको समीकरण पुरा भएको थियो।

समुह ए बाट नेपाल समुह विजेता र हङकङ उपविजेता हुदै सेमिफाइनलमा पुगेका छन् भने समुह बी बाट ओमान विजेता र यूएई उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन्। अब पहिलो सेमिफाइनलमा नेपाल र यूएई खेल्दै छन्। यो खेल नेपाली समय अनुसार बिहान ११ः ४५ बजेदेखि शुरु हुने छ।

नेपाल र यूएई एसोसियट्स देशका चिरपरिचित प्रतिद्वन्दी मानिन्छन्। यी दुई बीचको खेललाई एसिसियट्स देशको क्लासिको समेत भनिन्छ। नेपाल र यूएईबीच अहिलेसम्म ९ टी–२० खेल भएका छन्। जसमा नेपालले ५ खेल जितेको छ भने यूएईले ४ खेल जितेको छ।

त्यस्तै दोस्रो सेमिफाइनलमा ओमान र हङकङ खेल्दै छन्। यो खेल अपराहन्न ४: १५ बजेदेखि शुरु हुने छ।

यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी–२० एशिया कपमा खेल्न पाउने छ भने शिर्ष तीन देशले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनौट हुने छन्।