सन्दीप लामिछाने मुद्दा न्यायाधीश शिशिरराज ढकालको इजलासमा

सन्दीप लामिछाने मुद्दा न्यायाधीश शिशिरराज ढकालको इजलासमा File Photo

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणी मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ।

आइतबार सुनुवाइका लागि तोकिएको उक्त मुद्दा जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासमा परेको छ।

सन्दीपविरुद्धको मुद्दाको फैसला गर्न पटक–पटक पेसी तोकिए पनि विभिन्न कारण देखाउँदै मिति सार्ने गरिएको छ।

सन्दीपमाथि १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ। किशोरीको उजुरीपछि सन्दीप गत वर्षको असोज २० गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए।

सन्दीपलाई काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव घिमिरेको इजलासले गत वर्षको कात्तिक १८ गते पुर्पक्षको लागि थुनामा पठाएको थियो। तर, त्यसको करिब तीन महिनापछि पुस २९ गते उच्च अदालत पाटनले विभिन्न सर्तसहित २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

त्यसयता काठमाडौँ जिल्ला अदालतमा सन्दीपविरुद्धको मुद्दाको अन्तिम सुनुवाइको लागि पेसी तोकिँदै आएपनि फैसला हुन सकेको छैन।



No ads found for this position