सुपर ओभरमा नेपाल पराजित, उपाधि ओमानलाई

सुपर ओभरमा नेपाल पराजित, उपाधि ओमानलाई Photo : CAN

काठमाडौं। काठमाडौंमा भएको आईसीसी टी–२० विश्वकप एसिया छनोटको उपाधि हात पार्न नेपाल चुकेको छ। आइतबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपाल सुपर ओभरमा पराजित भएको हो।

नेपाललाई सुपर ओभरमा पराजित गर्दै ओमानले उपाधि जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुपर ओभरमा ओमानले दिएको २२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १० रनमात्र बनाउन सक्यो।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको ओमानले २१ रन बनाएको थियो।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले पूरा ओभर खेल्दै ६ विकेट गुमाएर १८४ रन बनाएको थियो। नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको ओमानले पनि ९ विकेटको क्षतिमा १८४ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो।