नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ
काठमाडौं। नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गिरोहसँग साँठगाँठ रहेको आरोप लागेका नेपाली काँग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन्।
काठमाडौं प्रहरी परिसरको टोलीले खाँणलाई बुधबार बिहान मैजुवहालस्थित उनकै निवासबाट पक्राउ गरेको हो। उनले गृहमन्त्री हुँदा नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गिरोहलाई सघाएको आरोप छ। अहिले उनलाई प्रहरी परिसर टेकु लगिएको छ।
उनकी पत्नी तथा सांसद मञ्जु खाँणले यो प्रकरणमा गिरोहबाट ६ करोड बुझेको पक्राउ परेका अभियुक्तहरुले बयान दिएका थिए।
ताजा अपडेट
प्रवास खबर
जापानकी विदेशमन्त्री योको काठमाडौँ आउदै
प्रवास खबर