बेरोजगारलाई ‘हायर मी’मार्फत रोजगारी

बेरोजगारलाई ‘हायर मी’मार्फत रोजगारी

काठमाडौं। हायर मी सर्भिस प्रालिले आफ्नो सेवा क्षेत्रलाई विस्तार गरेको छ। बेरोजगार व्यक्तिहरूलाई रोजगारी प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यका साथ सञ्चालन भएको कम्पनीले नयाँ वर्ष २०८० अवसरमा आफ्नो जब पोर्टल र एप लन्च गरेको हो।

चार वर्षदेखि नयाँबानेश्वरमा सञ्चालित उक्त कम्पनीले सेवाग्राहीलाई थप सुविधा प्रदान होस् भन्ने उद्देश्यका साथ बिहीबार मातातीर्थ औँसीको अवसरमा जब पोर्टल र एप लञ्च गरेको हो।

आफूहरू र कम्पनीका बारेमा जानकारी दिन तथा सेवाग्राहीलाई सहज होस् भन्ने उद्देश्यका साथ नयाँ वर्षको अवसरमा हायर मी नामक एप लञ्च गरिएको बताइएको छ।

थुप्रै व्यक्तिहरूलाई रोजगार प्रदान गर्दै आएको कम्पनीले आफ्नो सेवा क्षेत्र र ग्राहकको सुविधालाई मध्यनजर गर्दै सेवा विस्तार गरेको सञ्चालक लक्ष्मण जोशीले बताए।

‘हामीले रोजगारी प्रदानका लागि कम्पनीहरूसँग सहजीकरण गरिदिने, स्वरोजगार बन्न चाहनेहरूलाई तालिम प्रदान गर्ने, करियर काउन्स्लिङ्ग प्रदान गर्ने, आउट स्वर्सीङ र जब पोस्टिङलगायत काम गर्दै आएका छौं,’ जोशी भन्छन्। आफूहरूसँग दुई सय भन्दा बढी कम्पनी आबद्ध रहेको उनले जानकारी दिए।

उनले आफूहरूको कम्पनी नेपाल सरकारबाट श्रम स्वीकृति पाएको कम्पनी भएको बताए। ‘हामी जबसेन्टर होइनौं। सरकारको हामीमाथि विश्वास छ। हामीले श्रम स्वीकृति प्राप्त कम्पनी हौं। इम्प्लोइबाट एक पैसा पनि लिँदैनौँ। कम्पनीबाट सेवा बापतको चार्ज लिन्छौं,’ उनले भने।

ुअहिलेको समय प्रविधिको हो। मान्छेलाई छिटो, छरितो र सहज सेवा चाहिएको हुन्छ। सो सेवा प्रदान गर्नकै लागि हामीले यो सफ्टवेयरको विकास गरेका हौं,’ जोशी भन्छन्।

यो एपलाई प्लेस्टोरमा गएर हायर मी सर्च गरी डाउनलोड गर्न सकिने छ। ‘यसलाई डाउनलोड गरेर आफ्नो इमेल र पासवर्ड राखी हाम्रा सेवाका बारेमा जानकारी लिन सकिने छ। यसभित्र रोजगारीका लागि आह्वान गरेको विस्तृत विवरण समावेश हुनेछ। त्यसमा गएर तपाईंहरूको जबका लागि अपिल पनि गर्न सक्नु हुनेछ। यसले रोजगारी खोज्न कम्पनी र अफिस धाइरहनुपर्ने समस्याको समाधान हुने हामीले विश्वास लिएका छौं,’ उनले भने।

यसका साथै रोजगारद्वाता कम्पनीका लागि पनि आफूहरूको सेवा प्रभावकारी हुने जोशीले बताए। ‘आफूहरूलाई अनुकूल पर्ने कर्मचारीका लागि विज्ञापन गर्दै हाम्रो पोर्टलमार्फत रोजगारद्वाताहरूले कर्मचारीका लागि विज्ञापन आह्वान गर्न सक्ने छन्। त्यहाँबाट आएका इच्छुक उम्मेद्‍वारहरूमार्फत छनोट गरेर उहाँहरूले उपयुक्त कर्मचारी राख्नसक्नु हुनेछ,’ उनले भने।

आफूहरूले पोर्टल र एप लन्च गरेको दुई महिना रोजगारद्वाताहरूबाट कुनै शुल्क नलिने जोशीले जानकारी दिए।

यसका साथै आफूहरूले देशका अन्य ठूला सहरमा पनि सेवालाई मध्यनजर गर्दै शाखा विस्तारको तयारी भइरहेको जोशीले बताए। उनले काठमाडौंका अलावा इटहरी, बुटवल र धनगढीमा शाखा विस्तार गरिने जानकारी दिए।

विगत ६ वर्षदेखि काठमाडौंको तीनकुनेमा अवस्थित क्रेटू डेभ्लपर्सले हायर मीको जब पोर्टल र एप निर्माण गरेको हो। डिजिटल मार्केटिङ र डेभ्लपिङको सबै काम क्रेटू डेभ्लपर्सले गर्ने जोशीले बताए।