रोजगारी खोज्न आउनेलाई छुट्टै भिसा दिने यूएईको घोषणा

रोजगारी खोज्न आउनेलाई छुट्टै भिसा दिने यूएईको घोषणा सांकेतीक तस्वीर

दुबई । संंयुक्त अरब इमिरेट्स (यूएई) ले रोजगारी खोज्न आफ्नो देश आउने विदेशी नागरिकलाई छुट्टै भिसा दिने भएको छ।

स्थानीय पत्रिका खालीज टाइम्सका अनुसार यो व्यवस्था आउँदो ३ अक्टोबरदेखि लागू हुनेछ। यो भिसाको परीक्षण भइरहेको बताइएको छ।

यसअघि विदेशीहरु रोजगारी खोज्न ‘भिजिट भिसा’ लिएर यूएई आउने गर्थे।

यस्तो किसिमको भिसा प्राप्त गर्न प्रायोजक (स्पोन्सर) नचाहिने बताइएको छ। उनीहरुले आफ्ना परिवारका सदस्यहरुलाई समेत यूएई ल्याउन सक्नेछन्।