एपेकको बैठक स्वास्थ्य र अर्थतन्त्रलाई सन्तुलित बनाउने प्रयासमा केन्द्रित

एपेकको बैठक स्वास्थ्य र अर्थतन्त्रलाई सन्तुलित बनाउने प्रयासमा केन्द्रित

बैंकक। एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) अर्थतन्त्रका स्वास्थ्यमन्त्री, उच्चअधिकारी र विज्ञहरूले यस क्षेत्रका जनताको स्वास्थ्य र आर्थिक अवस्था सुधारका लागि संयुक्त प्रयासमा सहमति जनाएका छन्।

थाइल्याण्डका उपप्रधानमन्त्री एवं जनस्वास्थ्यमन्त्री अनुटिन चार्नभिराकुलले बिहीबारदेखि शुक्रबारसम्म आयोजित स्वास्थ्य र अर्थतन्त्रसम्बन्धी १२औँ एपेक उच्चस्तरीय बैठक मा सहभागीहरूले भविष्यमा हुने महामारीविरुद्ध यस क्षेत्रको लचिलोपनका बारेमा विचार आदानप्रदान गर्नुका साथै समग्र समाजमा गुणस्तरीय वृद्धिलाई बढावा दिने प्रतिबद्धता दोहोर्‍याएका छन्।

खोप, निदान र थेराप्युटिक्सजस्ता स्वास्थ्य प्रविधिमा सार्वजनिक र निजी लगानीलाई बढावा दिने बिषयमा छलफल केन्द्रित रहेको सहभागी प्रतिनिधिहरूले बताएका छन्। उनीहरूले नयाँ प्रबिधिहरूलाई बढावा दिन समावेशी डिजिटल अर्थव्यवस्था सिर्जना गर्न थप प्रयासहरूलाई प्रोत्साहन गर्नेमा जोड दिएका छन्।