टेक्सास राज्यको सांसद पदका लागि नेपालीमूलका दिनेश शर्माको उम्मेदवारी

डिसी। लामो समयदेखि अमेरिकामा सूचना प्रविधिको क्षेत्रमा काम गर्दै आएका नेपालीमूलका दिनेश शर्माले टेक्सास राज्यको सांसद पदमा उम्मेदवारी दिएका छन्।
उनले प्रतिनिधि सभा सदस्यका लागि हाउस डिस्ट्रिक–९२ (निर्वाचन क्षेत्र) बाट उम्मेदवारी दिएका हुन्।
चुनाव सन् २०२२ मा हुँदैछ भने मनोनयन दर्ता गराउने समय १३ डिसेम्बर २०२१ सम्म तोकिएको थियो। डेमोक्याट्रिक पार्टीको उम्मेदवारको रूपमा मनोनयन दर्ता गराएका शर्मा धरान निवासी हुन्। भारतमा आइटीको उच्च शिक्षा ग्रहण गरेर उनी अमेरिका प्रवेश गरेका थिए। उनले एप्पल जस्तो प्रतिष्ठित कम्पनीमा काम गरिसकेका छन्।
हाल उनी नेपाली समाज टेक्सासका अध्यक्ष पनि हुन्। पहिले उनले आफ्नै पार्टीका अन्य डेमोक्र्याट सदस्यसँग चुनाव लड्नु पर्नेछ। यसबाट छनोट भएपछि उनी निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवारसँग भिड्ने छन्।
टेक्सास राज्यको तल्लो सदनमा हाल ६५ डेमोक्र्याट तथा ८५ रिपब्लिकन उम्मेदवार विजयी छन्।
ताजा अपडेट
