बल्कोट सेवा समाज यूएईद्वारा गाउँका मठमन्दिरमा सहयोग

बल्कोट सेवा समाज यूएईद्वारा गाउँका मठमन्दिरमा सहयोग

दुबई । बल्कोट सेवा समाज यूएईले गाउँका मठमन्दिरमा सहयोग प्रदान गरेको छ । समाजले गाउँघरमा बडा दसैंको अवसरमा मठमन्दिरमा नाचिने सराय नाचका लागि गाउका विभिन्न ४ वटा मन्दिरका लागि खुडा सहयोग गरेको हो।

अर्घाखाँचीको बल्कोटमा दसैंका बेला भिभिन्न मठमन्दिरमा सराय नाच्दा यस् अघी दबदगे तथा बिभिन्न काठबाट बनाइएका प्रतिकारात्मक हतियारको प्रयोग गरेर सराय नाच्ने गरिन्थ्यौ । यूएई आएका सोही गाउँका युवाहरुले स्थापना गरेको सस्था बल्कोट सेवा सवाजले सोही नाचका लागि आबश्यक पर्ने खुडा हस्तान्तरण गरेको समाजले जनाएको छ ।

समाजले ‘मौलिक संस्कृतिको सरक्षण गर्दै सराय नाचमा प्रयोग हुने खुडा, बल्कोटको ठुलारुख छत्रमहाराज मन्दिर (१५ वटा), छत्राथान मन्दिर हाइस्कुल (१० वटा), आलमदेवी मन्दिर आलीडाडा (२२ वटा) , र साजबोटको मालिकादेवी मन्दिरमा (२२ वटा) गरी जम्मा ६९ वटा खुडा अलग अलग कार्यक्रम गरी हस्तान्तरण गरेको हो।

स्थानीय अगुवा तथा बिभिन्न वार्डका जनप्रतिनिधी तथा सस्थाका प्रतिनिधि र उनीहरुको परिवारका सदस्यहरुको उपस्थितीमा भएको कार्यक्रममा समाजले प्रदान गरेको खुडा मन्दिरको ब्यबस्थापन समितिलाई हस्तान्तरण गरिएको समाजका कोषाध्यक्ष तथा कार्यक्रम सयोजक मधुरानाले जानकारी दिए।

अर्घाखाँचीको छत्रदेब गाँउपालिका वार्ड नम्बर दुई र तिन भित्र भएका चार मन्दिरहरुमा गरेर जम्मा ७९ वटा खुडा सहयोग गरिएको हो । समाजका बिभिन्न सदस्य तथा पदाधिकारीले एक महिनामा पैसा उठाएर सो सहयोग गरेको समाजका सचिव अमित पाण्डेले बताए। समाजले यसअघि पनि गाउँमा विभिन्न तरिकाले सहयोग गर्दै आएको छ ।

यसैबीच खुडा हस्तान्तरण कार्यक्रममा छत्रदेब गाँउपालिका वार्ड नम्बर २ का अध्यक्ष राजेश पन्थीलेले यसअघि पनि धेरै राम्रा काम गरेको र यो काम पनि उत्कृष्ट तरिकाले गरेकोमा सस्थालाई धन्यवाद सहित प्रशंसा गरे । त्यस्तै छत्रदेव गाउँपालिका वार्ड नम्बर ३ का अध्यक्ष तेजप्रसाद खनालले खाडी मुलुकमा भएतापनि हरेक समयमा यो सस्थाले समाजको हितमा स्थानीय तवरमा राम्रो समन्वयब गरेर काम गरेको बताउदैँ सस्थाका काम अन्य संस्थाका लागि पनि प्रेरणा भएको बताउँदै थप सहयोगको अपेक्षा राखे ।

खुडा हस्तान्तरण कार्यक्रममा मन्दिर ब्याबस्थापन समिति, समाजका अग्रज व्यक्तिव तथा सस्थाबाट अध्यक्ष दिनामणी पाण्डे, उपाध्यक्ष इन्दिरा पराजुली, कोषाध्यक्ष मधु राना, सदस्य राजन पाण्डे , धिरन सुनार ,भानु खनाल, आर्यन पाण्डे, लगायत अन्य सदस्य तथा पदाधिकारीका परिवारका ससस्य समेतको उपस्थिती थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *