लण्डनमा पत्रकारद्वय योगी र शर्मा सम्मानित

लण्डनमा पत्रकारद्वय योगी र शर्मा सम्मानित

लण्डन । बेलायतमा सकृय दुई जना पत्रकार सम्मानित भएका छन् ।

गैरआवासीय नेपाली संघको तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनको अवसर पारेर पत्रकार भगिरथ योगी र चिरन शर्मा सम्मानित भएका हुन्।

सनिवार नेपाली दूतावास लण्डनमा आयोजित सम्मेलनको उद्धघाटन सत्रमा बेलायतका लागि नेपाली राजदूत लोक दर्शन रेग्मीले सम्मेलन सफल पार्न योगदान दिने व्यक्तित्वहरुलाई प्रसंशापत्रले सम्मानित गरेका थिए।

बीबीसी नेपाली सेवाका पूर्वपत्रकार योगी विगत झन्डै तीन दशकदेखि पत्रकारित क्षेत्रमा सकृय छन्।

त्यस्तै शर्मा बेलायतस्थित नेपालब्रिटेन डट कम र नागरिकन्यूजसँग आबद्ध छन्।

यसैबीच गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा लण्डनमा तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन सफलतापूर्व सम्पन्न भएको छ।

सम्मेलनले २८ बुँदे घोषणापत्र जारी गरेको छ । चौथो विश्व स्वास्थ्य सम्मेलन अष्ट्रेलियामा हुने गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अध्यक्ष डा‌ सन्जिव सापकोटाले बताए।