सन् २०१८ मा थाई गुफावाट उद्धार गरिएका एकको बेलायतमा मृत्यु

सन् २०१८ मा थाई गुफावाट उद्धार गरिएका एकको बेलायतमा मृत्यु

लन्डन। सन् २०१८ मा विश्वव्यापी ध्यानाकर्षण भएको एक साता लामो अपरेसनपछि बाढीले भरिएको थाई गुफाबाट उद्धार गरिएका १२ बालकमध्ये एक डुआङ्फेट फ्रोमथेपको बेलायतमा मृत्यु भएको छ।

सिएनएनका अनुसार इङ्गल्याण्डको लिसेस्टरशायरमा रहेको फुटबल एकेडेमीमा भर्ना भएका फ्रोमथेपको अस्पताल लगिएपछि मृत्यु भएको बेलायती प्रहरीले जानकारी दिएको हो।

थाई सरकारको जनसम्पर्क शाखाको उत्तरी क्षेत्रीय शाखाले १७ वर्षीय फ्रोमथेपको दुर्घटनाका कारण मृत्यु भएको जनाएको छ। थप विवरण भने उसले दिएको छैन्। चियाङ राई प्रान्तमा उनको घरको वातावरण शोकले भरिएको थियो।

जिको फाउन्डेसनले फ्रोमथेपलाई युकेमा फुटबल छात्रवृत्ति मार्फत अध्ययन गर्न मद्दत गरेको थियो, बुधवार सो फाउन्डेसनले फेसबुकमा लेखेको छ, ‘जिको फाउन्डेसनको छात्रवृत्ति विद्यार्थी डोम डुआंगपेट फ्रोमथेपको निधनको हामी दुःख व्यक्त गर्न चाहन्छौ।’

फ्रोमथे द ब्रुक हाउस कलेज फुटबल एकेडेमीमा फुटबल छात्रवृत्तिमा भर्ना भएका थिए।